काठमाडौं। पछिल्लो २४ घण्टामा ६७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ९२० जनामा गरिएको कोरोना परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना संक्रमण मुक्त भएका छन्। २४ घण्टामा १४०५ जना संक्रमण मुक्त भए।
त्यस्तै सोही अवधीमा ९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन्।