काठमाडौं। नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। आइतबार भएको निर्वाचनमा शाक्यको प्यानलै विजयी भएको हो।
प्रकाशमान सिंह समर्थक शाक्यले पार्टी सभापति शेरबहादुर देउवानिकट प्रगतिमान रञ्जितलाई दोब्बर मतान्तरले पराजित गरे। उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन्।