काठमाडौ। नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनबाट संस्थापन इतर पक्षका निलकाजी शाक्यको प्यानल नै बिजयी भएका छन्।
आइतबार भएको निर्वाचनमा रामचन्द्र पौडेल पक्षका र प्रकाशमान सिंहको समर्थनप्राप्त निलकाजी शाक्य सभापतिमा निर्वाचित भए। संस्थापन पक्षका प्रतिस्पर्धी प्रगतिमान रन्जितले आधा भन्दा कम मत प्राप्त गरेका छन्।
त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन्।