काठमाडौं। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनसहित तीनजनालाई लागूऔषध मुद्दामा पक्राउ परेका छन्। उनीहरूको रात हिरासतमा बितेको छ।
मुम्बईको अदालतले आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अस्वीकार गरेपछि उनीहरू हिरासतमै बस्नु परेको हो। अदालतले आर्यनसहित तीनै जनालाई एक दिन हिरासतमा राख्न नारकोर्टिक कन्ट्रोल ब्युरोलाई अनुमति दिएको थियो।
मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स पार्टीमा छापा मारेर एनसिबीले आर्यनसहित आठ जनालाई आइतबार हिरासतमा लिएको थियो।आठमध्ये तीन जनालाई एनसिबीले सोधपुछ अदालतमा पेस गरेको थियो।
मुम्बईबाट गोवा जाँदै गरेको लग्जरी क्रुजमा ड्रग्स पार्टी भइरहेको सूचनाका आधारमा नार्कोटिक्स कन्ट्रोल ब्युरोले छापा मारेर आइतबार उनीहरुलाई पक्राउ गरेको थियो। एनसिबीले दुई महिलासहित ८ जनालाई पनि पक्राउ गरेको थियो।
एनसिबीसँगको सोधपुछमा आर्यनले आफ्नो नामको प्रयोग गरेर उक्त पार्टीमा अन्य व्यक्तिलाई बोलाइएको बताएका थिए। उनले आफूलाई गेस्टको रुपमा बोलाइएको बताएका छन्। एनसिबीले आर्यनको मोबाइल नियन्त्रणमा लिएको भने उनको च्याटमा अनुसन्धान गरिरहेको छ। क्रुजमा चलिरहेको पार्टीको भिडियो पनि एनसिबीले फेला पारेको छ।
उक्त पार्टी दिल्लीको कम्पनी नमस्क्रे एक्स्पिरियन्सले आयोजना गरेको थियो। जहाँ एक यात्रीको टिकट मूल्य ८० हजार भारु थियो। उक्त पानीजहाज मुम्बईको कोर्डिलिया क्रुज थियो। समुद्रमा एनसिबीको यो अहिलसम्मकै पहिलो र ठूलो अपरेशन हो।