आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी

सोमवार , आश्विन १८, २०७८

काठमाडौं। नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा सस्थापन इतरपक्षका दीपक खड्का विजयी भएका छन् ।

सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री खड्काले प्रतिस्पर्धामा राइमान राईलाई पराजित गरेका हुन्। उनी दोश्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा रामकुमार जिमी, अनन्त गौली, सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार