आइतवार, आश्विन २५ गते २०८३

विप्लव सरकारसंग किन छन् असन्तुष्ट ? यस्तो छ कारण

सोमवार , आश्विन १८, २०७८

काठमाडौं। सरकारसंगको सहमतिपछि शान्तिपुर्ण राजनितिमा प्रवेश गरेका विप्लव सरकारसंग असन्तुष्ट बनेका छन्। तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव असन्तुष्ट बनेका हुन्। 

केपी ओली नेतृत्वको सरकार रहुन्जेलसम्म पनि विविध बहाना बनाएर माग पूरा नभएको र देउवा सरकार बनेको ३ महिना हुन लाग्दा पनि केही प्रगति नभएपछि विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन्।

प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डमार्फत विप्लवले देउवालाई पठाएको ज्ञापनपत्रमा तीन बुँदे सहमति कार्यन्वयन गर्न जोडदार माग गरिएको छ। विप्लवले सहमति कार्यान्वयन नभए समस्याको समाधान नभइ झन जटिल स्थितिको सृजना हुनसक्ने चेतावनी दिँदै यस्तो व्यवहारले नेपाली जनतालाई निराश बनाउने जिकिर गरेका छन्। 

३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराएपनि नतिजा नआएपछि विप्लवले असन्तुष्टि जनाएका हुन्। तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए। तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको विप्लवको गुनासो छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार