काठमाडौं। सवोच्च अदालतले प्रधानन्याधिसलाई जोडेर भ्रामक समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रीपरिषद विस्तारमा प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जवराले पनि भाग खोजेको भन्ने समाचारहरु आएपछि सर्वोच्चले प्रेस विज्ञप्ती जारी गरेरे समाचारप्रति खेद प्रकट गरेको छ।
साथेप्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई चुनौती दिएको छ। सोमबार अपरान्ह सर्वोच्च प्रशासनले विज्ञप्ति जारी गर्दै समाचारको सत्यता पुष्टि गर्न चुनौती दिएको हो।
आइतबार साँझ र सोमबार केही सञ्चारमाध्यमले प्रधानन्यायाधीशको कोटाबाट दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार प्रकाशित गरेका थिए। सोही समाचारको खण्डन गर्दै अदालतले यसप्रति ध्यानाकर्षण भएको र समाचार मिथ्या भएको दावी गरेको छ।