आइतवार, श्रावण २४ गते २०८३

सोमबार १०३० संक्रमित थपिए, १० जनाको मृत्यु

सोमवार , आश्विन १८, २०७८

काठमाडौं। बितेको २४ घण्टामा देशभर १ हजार ३० जना कोरोना संक्रमित थपिएका छन्। घण्टामा ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा कुल ७ लाख ९८ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ। 
संक्रमितमध्ये हालसम्म ७ लाख ७० हजार २२४ जना निको भएका छन्।

घण्टामा १ हजार जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै बितेको २४ घण्टामा थप १० जनाले ज्यान गुमाएका छन्। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ। हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार