आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस सभापतिका दावेदार तीन नेताबीच भयो यस्तो सहमति

सोमवार , आश्विन १८, २०७८

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा दाबेदार तीन नेताविच महाधिवेशन प्रभावित पार्न नदिने सहमति भएको छ। आज भएको छलफलमा कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भएको छलफलमा महाधिवेशन प्रभावित पार्न नदिने सहमति भएको हो। 

निधि निवास बानेश्वरमा उनिहरुको भेटवार्तामा भएको थियो। भेटमा बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यको विवाद तत्कालै टुंगोमा पुर्‍याएर तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न दबाव दिने सहमति भएको जनाइएको छ।

सभापतिमा दाबी गर्दै आइरहेका तीन नेताहरुबीच सहमति जुटाएर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउँदै जाने सहमति भएको पनि भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार