शुक्रवार, आश्विन १६ गते २०८३

न्यादी हाइड्रोपावर आईपीओमा आवेदन दिने आज अन्तिम दिन्

मंगलवार , आश्विन १९, २०७८

काठमाडौं। न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आजसम्म आवेदन पाइने छ।

कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला गरेको थियो। बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ।

त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ। लगानीकर्ताले आज अर्थात असोजको १९ गतेसम्म आवेदन दिन सक्नेछन्। आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई बैंक रहेको छ।

जस्को प्रत्याभूतकर्तामा नागरिक लगानी कोष रहेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ। शेयर निष्काशन पछि चुक्ता पुँजी १ अर्ब ५० करोड पुग्ने भएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार