काठमाडौं। रुसमा अन्तरिक्षमै फिल्म बन्ने भएको छ। अन्तरिक्षमा फिल्म निर्माणका लागी रुसका अन्तरिक्षयात्री एन्टोन श्काप्लेरोभ, अभिनेत्री युलिया पेरेस्लिद र निर्देशक क्लिम शिपेन्को मंगलवार इन्टरनेसनल स्पेस स्टेसनतर्फ प्रस्थान गरेका छन्।
उनीहरू मस्कोको समयअनुसार ११ बजेर ५५ मिनेट जाँदा बाइकोनुर कस्मोड्रोमबाट सोयुज २.१ लोन्च भेहिकलबाट अन्तरिक्षतर्फ गएको रुसी समाचार संस्था तासले खबर दिएको छ।
फिल्मको शीर्षक भाइसोज हो। त्यसको अर्थ चुनौती भन्ने हो। फिल्म इन्टरनेसनल स्पेस स्टेसनमा शूटिङ गरिनेछ। यो मिसन सफल भएमा रुसले हलिउडलाई उछिन्नेछ। हलिउडका टम क्रुजले नासा र स्पेसएक्ससँग मिलेर अन्तरिक्षमा फिल्म शूटिङ गर्न खोजेका छन्।