काठमाडौं। पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४२ जनामा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ। संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना निको भएका छन्। २४ घण्टामा १ हजार ११४ जना संक्रमणमुक्त भएका छन्।
सोही अवधीमा ६ जनाले ज्यान गुमाएका छन्। हालसम्म ११ हजार १८० जनाको मृत्यु भएको छ। हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।