आइतवार, आश्विन २५ गते २०८३

नेकपा एकीकृत समाजवादी र जसपाले कुन कुन मन्त्रालय पाउँदै छन्?

मंगलवार , आश्विन १९, २०७८

काठमाडौं। सत्ता गठवन्धनले मंगलबार मन्त्रालयको भागबण्डा लगाएको छ। जसअनुसार सत्ता साझेदार नेकपा एसले रक्षासहित ५ मन्त्रालय पाउने भएको छ। नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा प्रेम आलेमगर ,रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी,र भवानी खापुङ मन्त्री बन्ने बताइएको छ।

नेकपा एसले एक राज्य मन्त्री पनि पाउने बताइएको छ। किसान श्रेष्ठको नाम पनि चर्चामा छ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रालय मात्रै पाउने भएको छ। जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएको हो।

जसपाबाट महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, मृगेन्द्र सिंह, प्रमोद साहलगायत मन्त्री बन्ने चर्चा छ। यस्तै जसपालाई उपसभामुख पनि दिने सहमति भएको एक नेताले जानकारी दिए।

एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार