शुक्रवार, आश्विन १६ गते २०८३

२७ महिना कार्यकाल बाँकी छँदै किन बर्खास्त भए धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना?

बुधवार , आश्विन २०, २०७८

काठमाडौं। सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगानालाई बर्खास्त गरेको छ। 

चार वर्षका लागि नियुक्त भएका  बोर्डका अध्यक्ष  ढुंगानालाई २७ महिना बाँकी छँदै बर्खास्त भएका हुन्।

सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासन हुनुु अगावै छोरीको नामबाट शेयर खरिद गरिएका कारण उनी १६ भदौदेखि निलम्बनमा थिए। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको हो।

अघिल्लो साताको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ढुंगानालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। त्यसअघि सरकारले न्यायिक छानबिन समिति गठन गरेको थियो, जसले ढुंगानालाई बर्खास्त गर्न सिफारिस गरेको थियो।

बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणलाई महँगोमा शेयर बेच्न लागेको सर्वोत्तम सिमेन्टमा ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा ११ हजार नौ सय १२ कित्ता सेयर खरिद गरेका थिए। ढुंगानाका अन्य नातेदारको नाममा पनि शेयर खरिद भएको खुलेको थियो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार