काठमाडौं। चितवन टाइगर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग अन्तरगत आज भएको क्वालिफायरमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पराजित गरेको छ। पोखरालाई हराएपछि चितवन (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रनमा समेटियो। जवाफि व्याटिङ गरेको चितवनले सात ओभर पाँच बलमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो। पराजित पोखराले आज हुने एलिमिनेटरको विजेतासँग खेल्नेछ।
आज नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ। यस खेल दिउँसो १:३० बजे सुरु हुनेछ। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।