सोमवार, आश्विन २६ गते २०८३

लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित

बुधवार , आश्विन २०, २०७८

काठमाडौं। लुम्बिनी प्रदेशसभाले दुईवटा विधेयक पारित गरेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीका बीच प्रदेशसभाले दुईवटा विधेयक पारित गरेको हो। बुधबार प्रदेशसभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरु रोष्टममा पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्न खोजेका थिए।

तर सभामुख पूर्णबहादुर घर्तीले बैठक अघि बढाए। प्रदेशसभाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश ५ को प्रदेश पदक ऐन २०७६ संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक बहुमतले पारित गरेको छ।

एमाले सांसदको नाराबाजीकै बीच सभामुख घर्तीले दुवै विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। दुई विधेयक पारित भएसँगै बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ। ४ बजे बस्ने बैठकमा सरकारले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याउने छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार