आइतवार, आश्विन २५ गते २०८३

जसपाको मन्त्री छान्ने जिम्मा शिर्ष नेतालाई दिइयो

बुधवार , आश्विन २०, २०७८

काठमाडौं। जनता समाजवादी पार्टीको तफबाट बन्ने मन्त्री छान्ने जिम्मा पार्टीका शिर्ष नेतालाई दिइएको छ। पार्टीको आज बसेको कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको हो।

कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको छ।

सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटाएको थियो। जसअनुसार जनता समाजवादी पार्टीले भौतिक पूर्वाधारसहित चार मन्त्रालय पाउने भएको छ। त्यसपछि आज मन्त्रीको टुङ्गो लगाउन बसेको कार्यकारणी समिती बैठकले शिर्ष नेतालाई मन्त्री छान्ने जिम्मा दिएको हो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार