काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोना ८९१ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। त्यस्तै सोही अवधीमा १२ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन्।
जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित भेटिएका छन्।