आइतवार, आश्विन २५ गते २०८३

माओवादीबाट बने मन्त्री र राज्यमन्त्रीको सुची

बुधवार , आश्विन २०, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी बाट बन्ने मन्त्री र राज्यमन्त्रीको टुङ्गो लगाएको छ। माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको हो। बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो।

बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए। मन्त्री टुङ्गो लागेपनि मन्त्रालयहरु भने टुंगो नलागेको जनाइएको छ। यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना रहेको जनाइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार