आइतवार, आश्विन २५ गते २०८३

किन भारत जाँदै छन् कांग्रेसका यी तीन नेता?

बिहिवार , आश्विन २१, २०७८

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय नेताहरुको टोली आज भारत भ्रमणमा जाने भएको छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा उहाँहरु भारत भ्रमणमा जान लागेका हुन्।

कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रपति डा.प्रकाशरण महत, पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणा र केन्द्रीय सदस्य अजय चौरसियाको टोली भारत जान लागेको जनाइएको छ।

भ्रमणका क्रममा उहाँहरुले भारतीय उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ। दुई देशको सम्वन्धमा थप सुधार ल्याउन, एक अर्काबीचको अस्पष्टता र आशंका न्युनिकरण गर्न भ्रमण सफल हुने अपेक्षा गरिएको नेताहरुले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार