आइतवार, आश्विन २५ गते २०८३

‘उस्तै परे आजै मन्त्रीपरिषद् विस्तार भएर सपथ हुन्छ’: प्रचण्ड

बिहिवार , आश्विन २१, २०७८

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रीपरिषद्ले पुर्णता पाउने दावी गरेका छन्। पचली टिभीको उदघाटन समारोहलाई आज सम्बोधन गर्दै प्रचण्डले उस्तै परे आज शपथ ग्रहण हुनेसम्म दावी गरे।

यता प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। सत्ता गठबन्धनका नेताहरुसँग दुई दिनयता भएका लगातार छलफलपछि देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन्। 

सत्तागठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति भइसकेको छ। सहमतिअनुसार नेपाली कांग्रेसले ७, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ५–५ र जसपाले ४ मन्त्रालय पाउने छन्।

गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी हुने छैन्। नेकपा माओवादी केन्द्रले मन्त्री हुनेहरुको नाम पनि टुंगो लगाइसकेको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले आज थप छलफल गरेर नाम पठाउँदैछ।

जनता समाजवादी पार्टीले मन्त्रीका नाम  टुंगो लगाउन बिहानैदेखि छलफलमा छ। जसपाले मन्त्रीको नाम टुंगो लगाउन शीर्ष नेतालाई जिम्मा दिएको छ। सोही अनुरुप अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई आज विहानैदेखि छलफलमा जुटेको नेता मोहम्मद ईस्तियाक राईले जानकारी दिए।  

एकीकृत समाजवादीमा पनि मन्त्री बन्नेहरुको यसअघि नै लगभग टुंगो लागिसकेको छ। नाम सिफारिसका लागि एकीकृत समाजवादी पार्टीले आज बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएको छ।प्रधानमन्त्री देउवाले आफ्नै पार्टीभित्र आज थप छलफल गरी साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार