आइतवार, आश्विन २५ गते २०८३

नेता जोशी एमालेबाट राजीनामा दिएर नेकपा एकीकृत समाजवादीमा प्रवेश 

बिहिवार , आश्विन २१, २०७८

काठमाडौं। नेकपा एमालेबाट राजिनामा दिएका एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बिहीबार जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन्। 

समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले एमालेबाट असोज २० गते राजीनामा दिएका थिए। उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी)  कार्यन्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन्। 

पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार