काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्नो लागोसंग मिलेको भन्दै नेकपा एमालेको नयाँ लोगोप्रति आपत्ति जनाएको छ। एमालेको असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनले नयाँ लोगो सार्वजनिक गरेको थियो।
एमालेले सार्वजनिक गरेको नयाँ लोगोप्रति माओवादी केन्द्रको लोगोसँग मिल्दोजुल्दो भएपछि माओवादीले आपत्ति जनाएको हो। एमालेको लोगोमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा सिपिएन युएमएल लेखिएको र हँसिया हथौडासहितको लोगो थियो।
एमालेको नयाँ लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा राखिएको थियो। सूर्य चिह्नभित्रको पृष्ठभूमि भने रातो राखिएको छ। माओवादी केन्द्रको चुनाव चिह्न पनि गोलाकार भित्रको हँसिया हथौडा भएकाले एमालेले आफ्नो पार्टीको लोगोसँग मिल्दोजुल्दो राखेकाले आपत्ति जनाएको हो।