आइतवार, श्रावण २४ गते २०८३

दशैँ घरमा जमरा राखियो

बिहिवार , आश्विन २१, २०७८

काठमाडौं। हिन्दू धर्मावलम्बीको महान चाड वडा दशैँ आजबाट सुरु भएको छ।  दशैँको पहिलो दिन आज घरमा जमरा राखेर दशैँको शुरुवात गरिएको छ। काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा पनि विधिवत् घटस्थापनाको शुभ साइत मध्याह्न (११:४६) मा जमरा राखेर घटस्थापन गरिएको छ।

घटस्थापन गर्दा नेपाली सेनाको कडीले मंगल धुन बजाउनुका साथै बन्दुक पड्काएर बढाइँ गरेको छ।
घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आजबाट दुर्गा भवानीको पूजाआराधना गरी दुर्गा सप्तशती चण्डी तथा देवीभागवत पाठ गरेर नवदुर्गाको आराधना गरिन्छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार