काठमाडौं। आजै मन्त्रिमण्डललाई पुर्णता दिने भन्दे छलफलमा जुटेको गठबन्धनले शुक्रबार मात्रै मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेका छन्। सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो।
बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने सहमित बनेको छ। यसअघि पनि पटक पटक मन्त्रिमण्डल विस्तार गर्ने भनिएपनि हुन सकेको छैन। राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ।
गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले बिहीबार गठबन्धनको निर्णायक बैठक बसेको थियो। तर आजपनि मन्त्रिमण्डलले पुर्णता पाउन सकेन।