काठमाडौं। सत्तागठबन्धनको आजको बैठकमा दुई प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको छ। प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्री पाउने भएको हो।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो। नेकपा हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको छ।
तर एमाले विभाजनपछि यी दुई मुख्यमन्त्री अल्पमतमा परेका छन्। गठबन्धनमा सहमती जुटेसँगै प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ।