आइतवार, आश्विन २५ गते २०८३

बाजुरामा वद्री पाण्डेले खोसे देउवाका सभापति

शुक्रवार , आश्विन २२, २०७८

कठमाडौं। नेपाली कांग्रेस बाजुराको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट उम्मेद्वार विजयी भएका छन्।

दोस्रो पटक भएको निर्वाचनमा सभापति देउवापक्षिय उम्मेद्वार कविराज पण्डितलाई हराउदै सभापतिमा रामसिंह रावल निर्वाचित भएका हुन्। ६०५ मत ल्याएर रावल सभापति भएका हुन्। पण्डितले ५६६ मत पाए।

पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन: निर्वाचन भएको थियो। पौडेल निकट केन्द्रीय सदस्य बद्री पाण्डेले गृह जिल्लामा आफू अनुकूलको नेतृत्व ल्याउन सफल भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार