काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टी सचिव रामकुमारी झाँक्री स्वास्थ्य मन्त्री बन्ने भएकी छन्।
बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकमा झाँक्रीसँगै विरोध खतिवडा, प्रेमबहाहदुर आले र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउने प्रस्ताव पेश भएको हो। एक स्थायी कमिटी सदस्यका अनुसार खतिवडालाई शहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने प्रस्ताव छ ।
यस्तै भवानी खापुङलाई राज्यमन्त्री बनाउने प्रस्ताव पेश भएको छ। यसअघि पार्टीबाट मन्त्री बन्ने चर्चामा रहेका मेटमणी चौधरीलाई भने वाईपास गरिएको छ। उनलाई हाल मन्त्री बनाउने लिस्टमा राखिएको छैन्।