काठमाडौं । नेकपा एमालेमा दुई पक्षबीचको विवाद टुंगो लगाउने समझदारी भएको जनाइएको छ । पार्टी एकताका लागि बनेको कार्यदलको शुक्रबार बसेको बैठकमा विवाद समाधान गर्ने समझदारी भएको हो ।
बैठकपछि कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । सहमतिका बुँदा भने खुलाइएको छैन ।
झण्डै सात घण्टाको बैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेको भन्दै सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने बताए ।