आइतवार, आश्विन २५ गते २०८३

जसपाबाट बन्ने भए यी नेता मन्त्री, प्रधानमन्त्रीलाई बुझाइयो नाम

शुक्रवार , आश्विन २२, २०७८

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले  पनि मन्त्रीको टुङ्गो लगाएको छ। ज्सपाले मन्त्रीको नाम टुङ्याएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमती प्रदेशबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको छ। 

ज्सपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्रीको नाम छानेका हुन्। जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउने सहमति गठबन्धनमा बनेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार