काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा थप ४ मन्त्रीको टुङ्गो लागेको छ। काँग्रेसभित्रको रामचन्द्र पौडेल पक्षले दुई मन्त्रीको नाम टुंगो लगाएको हो। नेताहरु मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूको नाम मन्त्रीको रुपमा पौडेल पक्षले टुंगो लगाएको हो।
यस्तै कृष्ण प्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन्। जसमा आज कांग्रेसका ४ नयाँ मन्त्री थपिदैंछन्। डा. मिनेन्द्र रिजालले रक्षा, दिलेन्द्रप्रसाद बडुले कानून, उमा रेग्मीले महिला तथा उमाकान्त चौधरीले खानेपानी मन्त्रीका रूपमा सपथ लिनेछन्।
कानूनमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचारमन्त्रालयको जिम्मेवारी दिने तयारी छ। आजै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दैछन्।