काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ४६६ पीसीआर र १२२२ एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ९९७ जना र एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९२ हजार ८३९ पुगेको छ। ज्समध्ये ७ लाख ७४ हजार १७३ जना संक्रमण मुक्त भएका छन्। २४ घण्टामा १०३३ जना संक्रमण मुक्त भएका छन्।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ छ। त्यस्तै २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २१० पुगेको छ।