काठमाडौं। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई जेल लगिएको छ। आर्यनलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले आर्थर रोड जेल लिएर गएका हुन्।
आर्यन खानको जमानतको केसको सुनुवाई चलिरहेको छ। आर्यन खान र अन्य ८ आरोपी पनि न्यायिक हिरासतमा छन्। त्यसैले उनीहरुलाई एनसीबीद्वारा जेल लगिएको हो।
आजको दिन उनका लागि निकै महत्वपूर्ण छ, किनभने उनको मुद्धामा सुनुवाई भइरहेको छ। आर्यन खान र अन्य ८ आरोपीको जमानतको याचिकामाथि हाल सुनुवाई चलिरहेको हो।