आइतवार, श्रावण २४ गते २०८३

भारतसंग ७ महिना अघि खरिद गरिएको कोभिशिल्ड खोप शनिबार ल्याइँदै

शुक्रवार , आश्विन २२, २०७८

काठमाडौं। भारतबाट कोभिशिल्ड खोप भोली शनिबार आउने भएको छ। नेपालले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आउने निश्चित भएको हो। नेपालले गत फागुनमा भारतसँग कोरोना विरुद्धको कोभिशिल्ड खोप २० लाख मात्रा खोप खरिद गरेको थियो।

सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो। त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो। यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइने भएको छ।

७ महिना अघी नै खोप खरिद गरिएको भएपनि भारतमा कोरोना संक्रमण उच्च बनेपछि पहिला आफ्ना नागरिकलाई खोप दिने भन्दै भारतले खोप निर्यात बन्द गरेको थियो।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार