आइतवार, आश्विन २५ गते २०८३

विधान महाधिवेशनपछि ओली जिल्ला दौडाहा: आज किन जाँदैछन् इटहरी?

शनिवार , आश्विन २३, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इटहरी जाने भएका छन्।

ईटहरीमा आयोजना हुने वृहत कार्यकर्ता भेला र मजदुर नेता ओम कोइरालाको अभिनन्दनमा सहभागी हुन ओली बिहान ११ बजे त्यहाँ जाने  एमाले इटहरीले शुक्रबार पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिएको हो।

एमाले इटहरी उपमहानगर समिति अध्यक्ष याम सुब्बाले एमालेको ऐतिहासिक विधान महाधिवेशनपछि सम्भवत: अध्यक्ष ओलीको पहिलो कार्यक्रम भएको बताए। ओम कोइराला नागरिक अभिनन्दन समितिले अग्रज मजदुर नेता, निष्ठावान र निस्वार्थ व्यक्तित्व कोइरालाको अभिनन्दन आयोजना गरेको हो।

त्यहाँ नेकपा एमाले इटहरीले पनि नेता कोइरालालाई सम्मान गर्ने अध्यक्ष सुब्बाले जानकारी दिए। अभिनन्दनसँगै मजदुर नेता कोइरालाका ३ पुस्तकको लोर्कापणसमेत गरिने अभिनन्दन समितिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए।

अभिनन्दनपछि दिउँसो १ बजे ठूलो जनता स्कुलको खेल मैदानमा एमाले अध्यक्ष ओलीले वृहत कार्यकर्ता भेला तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार