आइतवार, आश्विन २५ गते २०८३

२२ वर्षीया बाजुराकी यी युवती, जो अत्यधिक मत ल्याएर कांग्रेसको केन्द्रीय राजनीतिमा पुगिन्

शनिवार , आश्विन २३, २०७८

काठमाडौं। नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत बाजुराबाट २२ वर्षीया युवती केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेकि छन्।

कांग्रेसको जारी महाभिवेशनबाट देशकै कान्छी केन्द्रीय महाधिवेशन प्रतिनिधिमारुपमा २२ वर्षीया रिता शाहीले चुनाव जितेकी हुन्। कांग्रेसको राजनीतिसंगै सामाजिक अभियन्ताको रूपमा पनि क्रियाशिल शाहीले ६ सय २ मत ल्याएर विजयी भईन्।

उनी नर्सिङ बढेकी युवती पनि हुन्। उनले बाजुरामा बाढीपहिरो पीडितका लागि देश तथा विदेशबाट सहयोग जुटाएकी थिईन्। उनले सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीपहिरोको क्षतिका बेला समेत राहत वितरण गरेकी थिइन् भने उनले सुर्खेतमा बस्ने राउते समुदायका युवतीमाथि दुव्र्यहार हुँदा समेत न्यायका लागि खबरदारी गरेकी थिइन् ।

शाहीलाई यतिबेला धेरैले बधाई तथा शुभकामना दिएका छन्। केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेपछि उनले सामाजिक सञ्जालमा खुसीसमेत व्यक्त गरेकी छन्। उनले फेशबुमा लेखेकि छन्– ‘आज जिवनमा ठुलो खुसी प्राप्त गरेको महसुस गरेकी छु। बिरामी भएर पुरै समय  मतदान केन्द्रमा उपस्थित हुन नसक्दा पनि मलाई ६ सय २ मत दिएर महाअधिवेसन प्रतिनिधिमा प्रथम बनाउन सफल सम्पुर्ण क्षेत्रीय प्रतिनिधि ज्यूलाई हृदय देखि धन्यवाद। यो जीत मेरो भए पनि यसमा देन सम्पुर्ण प्रतिनिधि ज्यू’को छ। 

rita ji.png

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार