काठमाडौं। पछिल्लो २४ घण्टामा ७६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सोही अवधीमा ८९९ जना निको भएका छन्। त्यस्तै ११ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन्। तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना होम आइसोलेसनमा छन्।