बुधवार, आश्विन १४ गते २०८३

साफ च्याम्पियनसिप: नेपालले आज भारतविरुद्ध खेल्दै

आइतवार , आश्विन २४, २०७८

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ।

सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन। तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ। भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ।

साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ। प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ।

साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो। पहिलो खेलमा बंगलादेशसँग ११ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।

भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ।  भारत नेपालविरुद्ध स्पस्ट ३ अंकको खोजीमा हुनेछ । जसको कारण पनि भारतविरुद्धको यस खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन्।

ुभारतविरुद्धको खेल हाम्रो लागि कठिन हुनेछ। भारत यस क्षेत्रको उत्कृष्ट टिम हो। भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ। जसमा भारत पूर्णरुपमा हाबी छ। नेपालविरुद्ध भारतले १४ खेल जितेको छ।

नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा भएको छ। पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार