काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन्। ३ दिन अघीमात्रै मन्त्री बनेका हमालले केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका थिए।
आफूमाथि ब्यक्तिगत रुपमा टिका टिप्पणी भएको भन्दै उनले आज बिहान मात्रै राजीनामा दिने घोषणा गरेका थिए। उनि मन्त्री बनेदेखी नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै उनको आलोचना भइरहेको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवा निकट हमाल नेपाली कांग्रेसका पुराना नेता हुन्। नेपाली कांग्रेस बाँकेको पूर्व सभापति समेत भइसकेका छन्। उनि प्रधानन्यायाधिश जवराको जेठान समेत भएकोले उनलाई प्रधानन्यायाधिसको कोटाबाट मन्त्री बनाइएको आरोप लागेको थियो।