शुक्रवार, आश्विन २३ गते २०८३

राजिनामा दिएपछि मन्त्री हमालले यसो भने

आइतवार , आश्विन २४, २०७८

काठमाडौं। मन्त्री बनेको ३ दिनमै राजीनामा दिन परेपछि उद्योगमन्त्री गजेन्द्र हमालले आफ्नो नियुक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेको र त्यसरी प्रश्न उठिरहेको अवस्थामा पदमा बसिरहन उपयुक्त नठानेर राजीनामा दिएको बताएका छन्।

साथै उनले आफ्नै स्वविवेकले राजिनामा दिएको समेत बताएका छन्। यसअघी उनलाई प्रधानमन्त्री प्रधानमन्त्री शेर बहादुर देउवाले राजीनामा दिने भनेको समाचार आएका थिए। देउवा निकट श्रोतका अुनसार उनलाई प्रधानमन्त्री बनाउँदा राम्रो सन्देश नगएको भन्दै मन्त्री छोड्न आग्रह गरेको जनाएका थिए। 

संघीय सांसद समेत नरहेका हमाल मन्त्री बनेपछि आलोचना भएको थियो। साथै उनि प्रधानन्यायाधिस चोलेन्द्रशमशेरको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना समेत भएको थियो। त्यसपछि आज विहान उनले प्रधानमन्त्री देउवालाई राजिनामा बुझाएका थिए। उनको राजिनामा स्वीकृत समेत भैसकेको छ। 

राजीनामा पत्रमा हमालले लामो समय कांग्रेसमा रहेर काम गरेको तर अहिले अन्यत्र जोडेर प्रश्न उठेकोप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार