बिहिवार, आश्विन १५ गते २०८३

कर्णाली नदीमा फेरी पल्टियो डुंगा, एक युवती बेपत्ता

आइतवार , आश्विन २४, २०७८

काठमाडौं। कर्णाली नदीमा डुंगा पल्टिदा एक जना युवती बेपत्ता भएकी छन्। वेपत्तँ हुनेमा चौकुने - १० घाटगाउँ कि १८ वर्षकी अनिता विक बेपत्ता रहेको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।

उनका अनुसार मोहन्याल-३ कैलालीको किनारमा पुग्दै गर्दा पल्टिएको हो। सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाबीचको कर्णाली नदीमा डुंगा पल्टिए युवती बेपत्ता भएकी हुन्। 

डुंगामा पाँच सवार थिए। अनिता बाहेक सबैको सकुशल रहेको जनाइएको छ। घटनास्थलमा बाबियाचौरबाट प्रहरी पुगि बेपत्ता युवतीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार