काठमाडौं। साफ च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ।
माल्दिभ्समा जारी समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सुरुवाती नवौं मिनेटमा नै गोल खाएको हो। टोलीका लागि आठौं मिनेटमा नै सुमन रेजाले गोल गरेका हुन्। खेलको दोस्रो मिनेटमा नै बंगलादेशका टोपु बर्मनले नवयुग श्रेष्ठलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो। उक्त फ्रिकिकमा सुजल श्रेष्ठले पोस्टतर्फ प्रहार गर्न सकेनन्। लगत्तै दुवै टोलीले आक्रामक प्रस्तुति गरेपनि गोलरक्षकलाई समस्या दिन सकेनन्।
खेलको आठौं मिनेटमा बंगलादेशले खेलमा अग्रता लियो। सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाए। जमाल भुयाँले बायाँ विंगबाट प्रहार गरेको फ्रिकिक वालमा लाग्दै ६ यार्ड बक्सभित्र अनमार्क रहेका सुमनले गोल गरेका थिए।
फाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी चाहिन्छ।