काठमाडौं। १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधीका लागी नेपालले आज भारतसँग खेल्दैछ। माल्दिभ्सको मालेस्थित फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।
भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो। नेपालले उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो। भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुलेको छ।
नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित सात अंक प्राप्त गरेको छ। नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो।