सोमवार, श्रावण २५ गते २०८३

झिझिया नाच हेर्न गएका युवक इनारमा मृत फेला

शनिवार , आश्विन ३०, २०७८

काठमाडौं। सिरहामा इनारभित्र एक युवकको शब फेला परेको छ। नरहा गाउँपालिका ३ स्थित इनारमा शब फेला परेको हो। मृतक युवक गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो रहेका छन्।

शनिबार बिहान उनि इनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाएको जनाएको छ। 

स्थानीयका अनुसार युवक नरहामै आयोजित झिझिया नाच हेर्न शुक्रबार राति गएका थिए। नाच हेर्ने क्रममा केही युवकबीच झगडा भएको थियो। तर उनि पनि झगडा गर्ने समुहमा थिएकी थिएनन् भन्ने खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरीरहेको जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार