बुधवार, आश्विन १४ गते २०८३

साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्सान नेपाली कामदारलाई छुट्टी 

शनिवार , आश्विन ३०, २०७८

काठमाडौं। माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको आज फाइनल खेल हुँदै छ। उपाधीका लागी नेपाल र भारत भिड्दै छन्। फाइनल खेल हेर्नका लागी त्यँहा रहेका नेपालीलाई धेरैजसो कार्यालयले छ्ट्टी दिएको जनाइएको छ। यसले नेपाली टोलीलाई हौसला मिल्ने देखिएको छ। 

माल्दिभ्सको राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई भारतविरूद्ध फाइनल खेल हेर्न छुट्टी दिएको छ। राजधानी मालेमा रहेको राष्ट्रपति कार्यालयमा करिब २५ को संख्यामा नेपालीहरू कार्यरत रहेको जनाइएको छ। 

त्यस्तै अन्य कम्पिनि र रेष्टुरेन्ट तथा मालेमा घरमा काम गर्ने नेपालीको पनि बाक्लो उपस्थिति छ। उनीहरूलाई पनि खेल हेर्न छुट्टी पाएको जनाइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार