बिहिवार, आश्विन १५ गते २०८३

हैटीद्वारा विदेशी सैनिक सहयोग माग

शनिवार , आषाढ २६, २०७८

ऐजेन्सी। हैटीले राष्ट्रपति जोभेनेल मोइसेको हत्यापछि विदेशी सैनिक सहयोग माग गरेको छ।

देशको राजनीतिक नेतृत्व र प्रमुख पूर्वाधारहरूको सुरक्षाका लागि भन्दै हैटीले विदेशी सैनिकको सहयोग माग गरेको हो। हैटीले अमेरिकी सरकार र संयुक्त राष्ट्र संघलाई सुरक्षा दिन अपिल गरेको छ।

तर, संयुक्त राष्ट्र संघले तत्काल हैटीका लागि सैनिक पठाउने योजना नबनाएको प्रतिक्रिया दिएको छ। यस्तै, अमेरिकाले पनि तत्काल सैनिक सुरक्षा उपलब्ध गराउन नसकिने प्रतिक्रिया दिइसकेको छ।

तर, हत्या घटनाको छानबिनका लागि संघीय जाँच ब्यूरोको सहयोग रहने आश्वासन अमेरिकाले दिएको छ। हैटीले हिजो राष्ट्रपति मोइसेको हत्यामा संलग्न २६ कोलम्बियन र २ अमेरिकीसहित २८ जनाको सशस्त्र समूह परिचालित भएको बताएको थियो।

हत्यामा संलग्न भनिएकामध्ये १७ जना पक्राउ परेका छन् भने ५ जनालाई प्रहरीले गोली हानेर मारिदिएको छ। बाँकी ८ जना फरार छन्।

हैटीका प्रधानमन्त्री जोसेफ क्लाउडेले राष्ट्रपति मोइसे कुनै पनि देशसँग नझुक्ने भएका कारण उनको हत्या भएको प्रतिक्रिया दिनु भएको थियो।मोइसेको हत्याअघि उनीविरुद्ध भ्रष्टाचारको आरोपमा देशभर प्रदर्शन हुँदै आएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार