काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा ५ सय ९१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ९७ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ५ सय ९१ जना संक्रमित भेटिएका हुन्।
सोही अवधीमा ९ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ९ सय ३७ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर ११ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।