काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले पूर्व-प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेका छन्, 'प्रधानमन्त्रीज्यू अब भन्नुस् पूर्व-प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?'
प्रधानमन्त्रीको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम नरोकिएको उनको आरोप छ। 'उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो। यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ' उनले लेखेका छन् ।