काठमाडौं। बिरामी भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन र गृहमन्त्री बालकृष्ण खाँड नर्भिक अस्पताल पुगेका छन्।
मंगलबार बिहान उपराष्ट्रपति पुन र गृहमन्त्री खाँड अस्पताल पुगेका हुन्। मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे।
एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित रहेका छन्। अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्था जटिल नरहेको बताइएको छ।
वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा राम्रो सुधार आएको र बुधबारसम्म डिस्चार्ज गर्न सकिने जानकारी दिएको मगरले बताए।