काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २२ पिसिआर परीक्षणमा ५ सय ३५ जना र १ हजार ४ सय ४ एन्टिजेन परीक्षणमा १ सय २७ जना गरी कुल ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै कोरोना संक्रमित हुनेको कुल संख्या ८ लाख ७ हजार ५२ जना पुगेको छ। त्यस्तै २४ घण्टामा ७ सय ५८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ८४ हजार १ सय ५५ जना पुगेको बताइएको छ।
सोही अवधीमा १३ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ।